बाँडफाँड भएको दुई महिनापछि बल्ल सूचीकृत भयो मेगा म्युचुअल फण्ड–१ को इकाई

0
Shares

मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड भएको दुई महिनापछि मंगलबार बल्ल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

अन्य सार्वजनिक निष्काशनका इकाईहरु बाँडफाँड भएको १५ दिनमै सूचीकृत हुने गरेकोमा मेगा म्युचुअल फण्डको इकाई सूचीकृत हुन भने दुई महिनाभन्दा बढी समय लागेको हो ।

यसबीचमा बडा दशैं र तिहारको विदाका कारण पनि सूचीकरणमा ढिलाई भएको हो ।

गत भदौ ४ देखि १० गतेसम्म निष्काशनमा आएको फण्डको इकाई भदौ २३ गते नै बाँडफाँड भएपनि सूचीकृत हुन भने कार्तिक ३० गतेसम्म पुगेको हो । यसले क्यापिटलको चरम लापरवाहीको संकेत गर्दछ ।

फण्डको इकाईमा लगानीकर्ताको लगानीलाई ख्यानल नगरी मेगा म्युचुअल फण्ड–१ का लगानी लगानीकर्तामाथि मेगा क्यापिटलले चरम लापरिवाहीको नमुना प्रस्तुत गरेको एक लगानीकर्ताले नोटबजारलाई बताए ।

फण्डले मंगलबार प्रतिशेयर दश रुपैयाँ अंकित दरका १२ करोड ५० लाख कित्ता इकाई बराबरको १ अर्ब २५ करोड रुपैयाँको धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत गरेको हो ।

मंगलबार सूचीकृत भएसँगै फण्डको इकाई बुधबारदेखि नेप्सेमा कारोबार गर्न सकिनेछ । फण्डको दोस्रो बजार कारोबारको लागि एमएमएफ १ कारोबार संकेत ( सिम्बोल) प्रदान गरिएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको थियो । इकाई खरीदका लागि मागभन्दा बढी आवेदन पर्न आएकाले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम योजनाको आकारमा २५ प्रतिशत इकाई थप गरी १२ करोड ५० लाख इकाई बाँडफाँड गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलबार  १४ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।