नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश घोषणा

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको मंसिर १ गते, बुधबार सम्पन्न १२३ औं बैठकले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका सहित ५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित ४० प्रतिशत बराबरको १६ करोड ७६ लाख २१ हजार ४२१ रुपैयाँ बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँ पुग्नेछ ।

लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तो छ लघुवित्तको विगत वर्षको लाभांश इतिहास

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2076/2077 21.00 6.00 27.00
2 2075/2076 75.00 5.00 80.00
3 2074/2075 25.00 15.00 40.00
4 2073/2074 20.00 15.00 35.00

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ मंसिर २०७८, बिहिबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।