प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।
कम्पनीले मंसिर १९ गते आह्वान गरेको साधारण सभा तथा अघिल्लो आव २०७६/७७ को नाफाबाट प्रस्तावित लाभांश वितरणका लागि बुकक्लोज तोकेको हो ।
यसअनुसार मंसिर ९ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्राइम लाइफ इन्स्योरेन्सको कार्तिक २३ गते बसेको कम्पनी सञ्चालक समितिको १४९ औं बैठकले मंसिर १९ गते आइतबार सभा आह्वान गरेको हो । सभा दिएँसो २ बजे अग्रवाल भवन, कमलपोखरी काठमाण्डौमा बोलाइएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजीम आ.व.२०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर ०.८७ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने विशेष प्रस्ताव रहेको छ ।
यस्तै कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधरण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरी ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ ।
सभाबाट सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्ने, कम्पनीको हाल कायम रहेको अधिकृत पूँजी वृद्धि गरि ५ अर्ब कायम गर्ने प्रस्ताव स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया