राष्ट्रिय बीमा कम्पनीको नाफा २० प्रतिशतले बढ्यो

0
Shares

राष्ट्रिय बीमा कम्पनी लिमिटेड (RBCL)  को खुद नाफा १९.८८ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९३.१४ रुपैयाँ छ । जगेडा कोषमा ३ अर्ब १७ करोड रुपैयाँ सञ्चित हुँदा प्रतिशेयर नेटवर्थ १२९२.४६ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात ७५७.५८ गुणा छ ।

आरबिसिएलको बीमा कोषको आकार ८.१४ प्रतिशतले बढेर २ अर्ब ४६ करोड १२ लाख २३ हजार रुपैयाँ सञ्चित भएको छ ।

असोज मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क बढेर ७ करोड ३६ लाख ४२ हजार रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा २२.८३ प्रतिशतले बढेको हो ।

कम्पनीले पुनर्बीमा कमिशन वापत ७ करोड ५५ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले ९ हजार २४६ वटा बीमालेख जारी गरी ४४ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै कम्पनीले ९२० वटा दाबी वापत २१ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ मंसिर २०७८, बिहिबार  १४ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।