
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ९४ हजार ४०० रुपैयाँ, तेजावी सुन ९३ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २७५ रुपैयाँ कायम गरिएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ, तेजावी सुन ९४ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २४.९३ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया