.jpg)
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि कम्पनीले ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा कम्पनी र क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड रुपैयाँ तथा जारी पूँजी ६ अर्ब रुपैयाँ रहेको छ ।
सर्वसाधारण समुहतर्फ छुट्टयाइएको ४९ प्रतिशत शेयरमध्ये कर्मचारी संचय कोषमा रकम संचय गर्ने संचयकर्ता कर्मचारीहरु, संस्थापक शेयरधनी संस्थाहरु क्रमशः चिलिमे जलविद्युत कम्पनी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर लिमिटेड, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेड तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेड र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई प्रथम चरणमा २४ प्रतिशत शेयर यस अघि नै निष्कासन गरी २०७५ पुस ५ गतेमा बाँडफाँड गरि सकिएको छ ।
बाँकी २५ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको शेयर असोज २० देखि २५ गतेसम्म सार्वजनिक निष्काशन कार्तिक १२ गते बाँडफाँटड गरेको थियो ।
शेयर रजिष्ट्रार चयन भएसँगै अब कम्पनीको साधारण शेयर (आईपीओ) सूचीकरणको प्रकृया अगाडि बढाइएको क्यापिटलले जनाएको छ । छिटोमा एक सातादेखि ढिलोमा १५ दिनभित्र कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएर कारोबार सुरू गर्ने तयारी क्यापिटलको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया