
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड को १० प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ९२१.८२ रुपैयाँ समायोजित शेयरमूल्य कायम भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर ५ गते, आइतबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।
गत बिहीबार कारोबार भएको अन्तिम मूल्य प्रतिकित्ता १ हजार १४ रुपैयाँलाई आधार मानेर नेप्सेले मूल्य समायोजन गरेको हो । अब आइतबार समायोजित शेयरमूल्यलाइ आधार मानेर शेयर कारोबार खुल्नेछ ।
लघुवित्तले गत आवको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही १० प्रतिशत बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण भएको हो ।
लघुवित्तले मंसिर १६ गते बिहान ११ बजे, आम्रपाली व्याङ्केट, भाटभाटेनी काठमाडौंमा साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत बराबरले हुन आउने ८ करोड ७६ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद बराबरको ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
हाल लघुवित्तको चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँ छ । बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ९६ करोड ४४ लाख ९२ हजार ३२० रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया