मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को बोनस आजदेखि सेयर खरीद गर्ने लगानीकर्ताले नपाउने भएका छन् ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको बोनसको बुधबार बुकक्लोज गरेको हो ।
यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात मंसिर १४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र बैंकको बोनस पाउनेछन् ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १७.५७ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९२ प्रतिशत नगद लाभांश गरी कुल १८.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
समायोजित शेयरमूल्य ५७१.६४ रुपैयाँ कायम
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको बोनस समायोजनपछि प्रतिकित्ता ५७१.६४ रुपैयाँमा शेयरमूल्य निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन मंगलबारको अन्तिम कारोबार मुल्य प्रतिकित्ता ६७२.१० रुपैयाँलाई आधारमा मानेर १७.५७ प्रतिशत बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएको हो ।
नेप्सेले समायोजन गरेको मूल्य ५७१.६४ रुपैयाँलाई आधारमा मानेर आज बैंकको शेयर कारोबार खुल्नेछ ।
लाभांश र मर्जर तथा प्राप्तीका लागि बैंकले मंसिर २५ गते शनिबार१५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया