आरएमडिसी लघुवित्तले बोनस बढाएर घोषणा गर्यो लाभांश

0
Shares

आरएमडिसी लघुवित्त वित्तीय संस्था (RMDC) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

मंसिर १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले अघिल्लो आवको तुलनामा पाँच प्रतिशत बाेनस बढाएर लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अघिल्लो वर्षको भन्दा बोनस बढाएको लघुवित्तले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद सहित कुल  २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश अनुुसार २० करोड ६८ लाख ४४ हजार ३८७ रुपैयाँ बराबरको बोनस शेयर र ५ करोड १७ लाख ११ हजार ९७ रुपैयाँ बराबरको नगद गरी कुल २५ करोड ८५ लाख ५५ हजार ४८५ रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ ।

उक्त्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण हुनेछ ।

अघिल्लो आथिक वर्ष कम्पनीले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँ छ । २० करोड ६८ लाख ४४ हजार ३८७ रुपैयाँ बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्नेछ ।

यस्तो छ विगतको लाभांश इतिहासः

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2077/2078 20.00 5.00 25.00
2 2076/2077 15.00 5.00 20.00
3 2075/2076 12.50 12.50 25.00
4 2074/2075 10.00 10.00 20.00
5 2073/2074 5.00 15.00 20.00
6 2072/2073 10.00 10.00 20.00
7 2071/2072 10.00 16.32 26.32
8 2070/2071 10.00 21.58 31.58
9 2069/2070 0.00 15.00 15.00

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७८, बुधबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।