ग्लोबल आइएमई क्यापिटलको साधारण सभा आह्वान, १००% लाभांश अनुमोदन गर्ने

0
Shares

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ९ गते १४ औं वार्षिक साधारण सभा डाकेको छ ।

गत आवको नाफाबाट शतप्रतिशत लाभांशको वितरणको विशेष प्रस्ताव सहित क्यापिटलले पुस ९ गते सभा आह्वान गरेको हो । सभा ह्यात प्यालेस, सोल्टीमोड, काठमाडौंमा अपरान्ह्र ४ बजेदेखि सुरु हुनेछ ।

सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनस शेयर र कर सहित ३० प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले कम्पनीको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गनछ।

यस्तै सभाले आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि सभामा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७८, बुधबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।