साञ्जेन जलविद्युतका सेयरधनीले यो वर्ष पनि लाभांश नपाउने

0
Shares

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको मंसिर १८ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले बिना लाभांश ११ औं वार्षिक साधारण सभा डाकेको छ ।

बैठकले पुस १३ गते मंगलबार स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाउने निर्णय गरेको छ ।

कम्पनीको सेयरधनीले यो वर्ष पनि लाभांश नपाउने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले निर्माण गरेको आयोजनाको अन्तिम चरणमा रहेको छ । हाइड्रोपावर कम्पनीहरुको आम्दानीके प्रमुख स्रोत भनेको विद्युत बिक्री नै हो । आयोजना निमार्णको क्रममा नै रहेकाले कम्पनीको लगानीकर्ताले लाभांश पाउन भने अझै केही वर्ष कुनुपर्ने हुन्छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदनको प्रस्तुत गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ अषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७७।७८ को नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०७८।७९ को हिसाब किताव लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि पुस १३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७८, आइतबार  १४ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।