वीरगन्ज भन्सारबाट नेपाली वस्तुको निर्यात दुई गुणाले बढ्यो

0
Shares

देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७७/७८ को साउनदेखी कात्तिकसम्मको चार महिनामा वीरगन्ज नाका प्रयोग गरी रू १२ अर्ब ४४ करोड मूल्य बराबरका विभिन्न वस्तु निवासी भएकामा चालु आवको साउनदेखि कात्तिकसम्म ३९ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु निकासी भएको छ ।

विश्वस्तरमै कोरोनाको सङ्क्रमण घटदै गएपछि उद्योग व्यापारमा पनि सहजता भएकाले भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यामा वृद्धि देखिएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए

उनले नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, भटमासको पिना, जडिबुटी लगायत वस्तु रहेको बताए ।

नेपाली वस्तुको निर्यात वृद्धिसँगै यसको प्रभाव राजश्व सङ्कलनमा समेत देखिएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले २६ अर्बभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको हो ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा उक्त कार्यालयले ४३ अर्ब ६७ करोड २६ लाख राजश्व सङ्कलन गरेकामा ।चालु आवमा २६ अर्ब ४४ करोड ८८ लाख बढी अर्थात् ७० अर्ब १२ करोड १४ लाख राजश्स सङ्कलन गर्न सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७८, आइतबार  १८ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।