एचआईडिसीएलको पुस २२ गते साधारण सभाः ८ प्रतिशत बोनस प्रस्ताव

0
Shares

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले पुस २२ गते बिहीबार साधारण सभा बोलाएको छ ।

कम्पनीको मंसिर २० गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय, हात्तीसार, काठमाडौँ अभौतिक रूपमा सभा बोलाउने निर्णय गरेको हो । निर्णय अनुसार कम्पनीको दशौँ वार्षिक साधारण सभा पुस २२ गते, बिहीबार बिहान ९ बजेदेखि सुरू हुनेछ ।

सभाले कम्पनी सञ्चालक समितिको कार्तिक १५ गते सम्पन्न सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुरुप गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

त्यसैगरी कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ५ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार पुस ४ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भइ सेयरधनी कायम हुने लगानीकर्ताहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।