सामुदायिक लघुवित्तका सेयरधनीले लगातार दोस्रो वर्ष पनि लाभांश नपाउने

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्था (SLBSL) का सेयरधनीले लगातार दोस्रो वर्ष पनि लाभांश नपाउने भएका छन् । 

कम्पनीले आव २०७७।७८ को मुनाफाबाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने जनाएको छ ।

कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लाभांश वितरण नगरेसँगै लघुवित्तका सेयरधनीको हात यो वर्ष पनि खाली हुने भएको छ ।

आव २०७५।७६ मा ३२ प्रतिशत बोनस सहित ३३.६८ प्रतिशत लाभांश वितरण गरेको यस लघुवित्त कम्पनीले अघिल्लो २०७६।७७ को नाफाबाट पनि सेयरधनीलाई लाभांश वितरण गरेको थिएन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७८, बुधबार  १८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।