
ग्लोबल आईएमई बैंक लिमिटेड (GBIME) को पन्ध्रौं वार्षिक साधारण सभाबाट कुल १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा सोमबार सम्पन्न भएको उक्त सभाले बैंक सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव अनुसार चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५० प्रतिशत नगद अनुमोदन गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पनि स्वीकृत गरेको छ ।
यस्तै सभाले बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्रको संशोधन गर्ने र बैंकको पँजी वृद्धिको लागि प्रबन्धपत्र, नियमावली संसोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल/संशोधन, परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोहि अनुरुप आवश्यक कार्य सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया