महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले पुस २४ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।
लघुवित्त सञ्चालक समितिको बैठकले केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरणमा बिहान ११ बजे सभा डाकेको हो ।
सभामा मुख्य रुपमा लाभांश र प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा छ ।
सभाले चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने र अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष पस्ताव पारित गर्नेछ ।
सभाले लेखापरीक्षक नियुक्त गर्ने, रिक्त रहेको सञ्चालक समितिमा भएको मनोनयन अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
लघुवित्तले साधारण सभा वितरण प्रयोजनार्थ पुस १२ गते सोमबार सेयर दाखि खारेजी (बुकक्लोज) गर्ने भएको छ । यस अनुसार पुस ११ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन र लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया