सेयर बजारमा मंगलबार उच्च उछाल सर्किट ब्रेकर लागेको छ । कारोबारको दुई घण्टा अगावै (पौने २ घण्टामा) पहिलो सारकारात्मक सर्किट लागेर बजार ४० मिनेटका लागि बन्द भएको हो ।
अब १ः१८ मा बजार खुल्नेछ ।
मंगलबार बजार १२ बजेर ३८ मिनेट जाँदा ५.०१ प्रतिशत अर्थात् ११४.२५ अंकले बढेर २३९५.९३ विन्दुमा पुगेकाे हाे ।
एक घण्टा ३८ मिनेट अवधिमा नेप्सेमा २१८ कम्पनीका ३२ लाख ६४ हजार कित्ता सेयर १ अर्ब ४५ करोड ६० लाख रुपैयाँमा खरीद बिक्री भएका छन् । नबिल बैंकको सर्वाधिक ७ करोड ६८ लाखको सेयर कारोबारमा आएको छ । नेशनल हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, मञ्जुश्री फाइनान्स लगयातको धेरै रकमको सेयर कारोबार भएको छ ।
सबैको लघुवित्त, जनउत्थान लघुवित्त, न्यादी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, युनियन हाइड्रोपावर, प्रोगेशीभ फाइनान्स, आँखुखोला जलविद्युत, दिब्यश्वरी हाइड्रोपावर, सामलिङ्ग पावर र आशा लघुवित्त लगायतको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएका २१८ कम्पनीमध्ये एनसीसी बैंक र माउन्टेन इनजी नेपाल तथा एभरेष्ट इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्तको संस्थापक सेयरमूल्य भने घटेको छ । बाँकी सबैको मूल्य बढेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया