चालु आर्थिक वर्ष २०७८।७९ मा ५ जीवन बीमा कम्पनीहरुको ३ अर्ब १५ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) सार्वजनिक निष्काशनमा आउने भएका छन् ।
चार वर्षअघि बीमा समितिबाट नयाँ बीमा कम्पनीको रुपमा स्थापना गर्न स्वीकृति पाएका दश जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म पाँच जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनी गरी आठ कम्पनीले ४ अर्ब ३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी गरेका छन् ।
सञ्चालनमा आएका नयाँ दश जीवन बीमा कम्पनीहरुमध्ये पाँच र तीनवटै निर्जीवन बीमा कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर जारी गरिसकेका छन् । यस अवधिमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने शेयर जारी गर्ने लक्ष्यका साथ साधारण सभाबाट प्रस्ताव गरेपनि पाँच जीवन बीमा कम्पनीले भने ३ अर्ब १५ करोड रुपैयाँ बराबरको शेयर भने सर्वसाधारणमा शेयर जारी गर्न बाँकी छ ।
गत आवमा निर्जीवन बीमातर्फ अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल, सानिमा जनरल इन्स्योरेन्सले ३० करोडका दरले ९० करोड रुपैयाँ बराबरको शेयर बिक्री गरेका छन् । यसैगरी जीवन बीमा तर्फ सबैभन्दा पहिला रिलायन्स लाइफले ६३ करोड, प्रभु लाइफले ६० करोड, ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड र युनियन लाइफले ६४ करोड ५० लाख र सानिमा लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ गरी कुल ३ अर्ब १३ करोड ५० लाख रुपैयाँको शेयर बिक्री गरेका हुन् ।
केन्द्रीय निक्षेप प्रणालीका अनुसार अजोड इन्स्योरेन्सले २०७७ असारमा, रिलायन्स लाइफले भदौमा, जनरल इन्स्योरेन्स कम्पनी नेपाल, सानिमा जनरल इन्स्योरेन्सले असोजमा, प्रभु लाइफ इन्सयोरेन्सले पुसमा, ज्योति लाइफले फागुनमा, युनियन लाइफले २०७८ असारमा र सानिमा लाइफले २०७८ साउनमा सर्वसाधारणमा शेयर बिक्री गरेका हुन् ।
कसको कति आउँदैछ आईपीओ ?
स्थापना भएका सबै निर्जीवन बीमा कम्पनीले प्राथमिक शेयर जारी गरेपनि दशमध्ये पाँच जीवन बीमा कम्पनीको शेयर जारी हुन बाँकी रहेको छ ।
सर्वसाधारणमा शेयर जारी गर्न बाँकी रहेका जीवन बीमा कम्पनीहरुमा सिटिजन लाइफ, आईएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।
यी ५ कम्पनीहरुको जारी पूँजी १० अर्ब ५० करोड रहेको छ । जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब १५ करोडको शेयर बिक्रीमा आउनेछ । शेयर बिक्री गर्नेमध्ये सिटिजन्स लाइफले सबैभन्दा धेरै ७५ करोड रुपैयाँ बराबरको शेयर बिक्री गर्नेछ । आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफको समान ६०।६० करोडको शेयर बिक्रीमा आउनेछ ।
| S.N. | Life Insurance Company | Paid Up Capital (in Crore) | IPO Issued Amount (in Crore) | Paid Up Capital After IPO (in Crore) |
| 1 | Citizen Life Insurance Company | 175 | 75 | 250 |
| 2 | I.M.E. Life Insurance Company | 140 | 60 | 200 |
| 3 | Sun Nepal Life Insurance Company | 140 | 60 | 200 |
| 4 | Reliable Nepal Life Insurance | 140 | 60 | 200 |
| 6 | Mahalaxmi Life Insurance Company | 140 | 60 | 200 |
| Total Amount Crore | 735 | 315 | 1050 | |
शेयर बजार बुलिस प्रवृत्तिमा गएर क्रेज फर्किको बेला बीमा कम्पनीको शेयर बिक्रीमा आउँदा आईपीओबाटै लगानीकर्ताले प्रशस्त नाफा आर्जन गर्न सकेका छन् । प्राथमिक बजारका लगानीकर्ताको संख्या २५ लाख नजिक पुगेको छ भने सिडिएस एण्ड क्लियरिङ्गमा शुक्रबारसम्म ४७ लाख ५४ हजार ९५५ वटा डिम्याट खाता खुलेका छन् । यस अवधिमा ३८ लाख ६८ हजार ५१६ वटा मेरो सेयर खाता खुलेका छन् ।
आईपीओ निष्काशनको तयारीमा रहेका ५ कम्पनीहरुले संस्थापकबाट जारी पूँजीको ७० प्रतिशतले हुन आउने रकम कम्पनी स्थापनाको समयमा नै चुक्ता गरिसकेका छन् भने ३० प्रतिशत शेयर सर्वसाधानमा आईपीओ बिक्रीपछि चुक्ता हुनेछ ।आइपीओ निष्काशन पश्चाप यी पाँच वटै कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम अर्थात दुई अर्ब रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया