उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था (USLB) ले पुस २८ गते बुधबार सातौं वार्षिक साधारण बोलाएको छ ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले होटल मौर्या रुपन्देही भैरहवामा बिहान ११ बजेदेखि साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुरुप गत वर्ष २०७७।७८ को नाफाबाट ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यस्तै सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाको अन्य प्रस्तावमा उन्नति सहकार्य लघुवित्त र अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।
लघुवित्तले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १४ गते बुधबार एक दिनका लागि सेयर दाखिल खारेजी (बुकक्लोज) गर्दैछ । बुकक्लोज अनुसार पुस १३ गते मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।










प्रतिक्रिया