ग्लोबल आइएमई लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न, २८% लाभांश पारित

0
Shares

ग्लोबल आइएमई लघुवित्त (GILB) को नवौं साधारण सभा मंसिर २८ गते मंगलबार होटल पोखरा ग्राण्ड, कास्कीमा सम्पन्न भएको छ ।

वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरिकृष्ण जोशीले गरेका थिए भने उपस्थित सम्पूर्ण महानुभावहरुलाई सञ्चालक रुपेन्द्र वाग्लेले स्वागत गरेका थिए ।

आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट संस्थाले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको २८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै वित्तीय संस्थाको नवौं साधारण सभा सम्पन्न भएको हो ।

वित्तीय संस्थाले आर्थिक बर्ष २०७७/७८ मा संचालन मुनाफा ३४ करोड ९४ लाख रुपैयाँ र कर पछिको मुनाफा २१ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी ५५ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

साधारण सभामा वित्तीय संस्थाको सञ्चालक समितिको तर्फबाट आर्थिक बर्ष २०७७/७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बुद्धि अकेलाले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफलतापूर्वक सम्पन्न गराईदिनु भएकोमा धन्यवाद दिएका थिए ।

वित्तीय संस्थाले हाल ५४ जिल्लाका ११८ वटा शाखा कार्यालयहरु मार्फत १ लाख ३७ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब २ अर्ब ४५ करोड बचत संकलन गरी करिब ७ अर्ब ८९ करोड लगानी गरेको छ भने निकट भविष्यमा थप जिल्लाहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार  १४ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।