उच्च अंकले बढेको शेयर बजारमा यसकारण आयो कारोबारमा गिरावट

0
Shares

अर्थमन्त्रालय तथा नेपाल राष्ट्र बैंकले पछिल्लो चरणमा लिएको नितीले शेयर बजारमा सुधार आएको छ । बैंकिङ्ग प्रणालीमा तरलता सहज हुने आशाले बजार बढ्न थालेपछि शेयर बिक्रीको चाप घट्दा कारोबारमा भने कमी आएको छ ।

अर्थमन्त्रालयले पुस महिनाभित्र बजेटको ३० प्रतिशत खर्च गरिसक्न दिएको निर्देशन तथा राष्ट्र बैंकले गाडी लगायतका विभिन्न वस्तु आयातमा गरेको कडाईले तरलता सहज हुने विश्वासले लगानीकर्ताको मनोबल बढ्दा बजार बढेको हो ।

साथै सरकारले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशतसम्म रकम निक्षेपमा गणना गर्न पाइने ब्यवस्था गरेपछि वित्तीय प्रणालीमा थप ५० अर्ब रुपैयाँ तरलता प्रवाह हुने स्थितिले पनि लगानीकर्ता उत्साहित भएका हुन । सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढ्न थालेपछि आगामी दिनमा अझै बढ्ने आशाले बिक्रीचाप घट्दा बजार उकालो लागेको हो ।

मंगलबार ४९ लाख ७४ हजार कित्ता सेयर खरिद ब्रिक्री हुँदा २ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार १८० कम्पनीको सेयर मूल्य बढेको छ। ६ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ३ कम्पनीको कारोबार रकममा हेरफेर भएको छैन।

मंगलबार नेप्से सूचक ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको छ।छ। यसदिन २ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ। आजको बजारमा कारोबारमा आएका सबै उपसूचकहरु बढेका छन्। यस दिन २२६ कम्पनीको ४९ लाख ७४ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । नेप्से सूचक बढेपनि सोमबारको तुलनामा कारोबार रकम झनै घटेको छ। बजार अझै बढ्ने संकेतले बिक्रीचाप कम हुँदा कारोबारमा कमी आएको हो ।

मंगलबार ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.८९ प्रतिशतले घटेको छ। यस दिन हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार  १७ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।