नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन खुल्यो

0
Shares

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) को १ बराबर १ अनुपातकाे हकप्रदमा आवेदन खुला भएको छ ।  बैंकले पुस ७ गते बुधबारदेखि चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद निष्काशन गर्न बैंकले मंसिर २४ गते शुक्रबार सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार मंसिर २३ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भइ शेयरधनी कायम भएका लगानीकर्ताहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हकप्रदमा मेरो सेयर मोबाइल एप, सफ्टवेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका अतिरिक्त बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिन जनाइएको छ । हकप्रद सेयरमा आवेदन दिन अन्तिम दिन पुस २७ गतेसम्म रहेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको एक बराबर अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको हकप्रदलाई ‘इक्रा एनपी आईआर सिंगल सी प्लस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङले कम्पनीले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद निष्काशनपछि बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ पुस २०७८, बुधबार  ०८ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।