गुडविल फाइनान्स लिमिटेड (GFCL) ले पुस २९ गते बिहान ११ः३० बजे २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।
फाइनान्सले गत आर्थिक वर्षको लाभांश पारित गर्ने मुख्य एजेण्डा सहित होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौंमा साधारण सभा बोलाएको हो ।
फाइनान्सको सभाले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट प्रस्तावित ९.१० प्रतिशत बोनस सेयर र ३.९० प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव अनुमो
दन गर्नेछ ।
यस्तै, फाइनान्सले बोनसपछि पूँजी वृद्धि हुनाले जारी पूँजी तथा चुक्ता पूँजी संशोधन गर्न प्रबन्धपत्र तथा नियमावली परिमार्जन गर्न सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने भएको छ ।
फाइनान्सले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १६ गते शुक्रबारदेखि २९ गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने जनाएको छ । बुकक्लोज अनुसार पुस १५ गते बिहीबारसम्म कायम सेयरधनीले मात्रै फाइनान्सले वितरण गर्ने लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया