हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरमा स्वार्थ समुहको चलखेल, स्वाप १ : १ कायम गर्न डीडीएमै गडबडी

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रियामा स्वार्थ समुहको अस्वभाविक चलखेल देखिएको छ । सो समुहले दुबै संस्थाको मर्जरमा स्वाप अनुपात १:१ कायम गर्नका लगि ‘डयू डेलिजेन्स अडिट’ मै गडबडी गरेको पाइएको हो ।

यी दुई बैंकको मर्जर हुँदा समान हैसियत कायम गर्नका लागि डीडीए रिपोर्टमा हिमालयन बैंकको सम्पत्तिलाई कम मूल्याङ्कन गरिएको छ । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको सन्दर्भमा कर दायित्व बापत छुट्याउनु पर्ने रकम समेत नछुट्याई सम्पत्तिमा देखाईएको छ । त्यती मात्र नभई सम्पतिको मूल्याङकन नै हिमालयन बैंकको भन्दा फरक ढंगले गरेर धेरै देखाईएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको हकमा रहेको सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा आयमा नदेखाएका कारण करिब ३ अर्ब ५० करोड रुपैयाँ बराबरको आयकर दायित्व रहेको विषयलाई डीडीए रिर्पोटमा देखाइएको छैन् । त्यसले गर्दा बैंकको सम्पत्ति धेरै देखाउन मद्दत गरेको छ । त्यसैगरी इन्भेष्टमेन्ट बैंकले वार्गेन पर्चेज गेनलाई आयमा देखाएको छैन् । सो वापत पनि बैंकको करिब ८५ करोड रुपैयाँ बार्गेन पर्चेज गेन बापत सरकारलाई बुझाउनु पर्ने कर, शुल्क तथा ब्याज सहितको दायित्व देखिन्छ ।

मर्जरमा स्वाप रेसियो समान कायम गर्नका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको देखाउनु पर्ने दायित्व समेत हटाइएको छ । त्यति मात्र नभई दुबै संस्था मर्जरका लागि भनेर गरिएको डीडीएमा प्रयोग गएिको डिस्काउन्टिङ फ्याक्टर दर पनि फरक फरक गरिएको छ । नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन विनियमावली २०७३ को पालना पनि गरेको देखिदैन । विनियमावलीको विनियम ८ को उपविनियम ५ को ‘क’ मा दिइएको उदाहरणले समान दरमा डिस्काउन्ट गरेर गणना गर्नुपर्ने देखिन्छ ।

हिमालयन बैंकको सेयर लगानी रेहका ४ कम्पनीहरुको मूल्याङकन गर्दा प्रचलित बजार मूल्य अनुसार नभई इक्यूटी विधि मार्फत गरेको देखिन्छ । ती कम्पनीको बजार मूल्य भन्दा करिब ३ अर्बले कम देखाई हिमालयन बैकको सम्पत्ति कम गरिएको स्रोत जानकारी दियो ।

“डीडीए अनुसार हिमालयन बैंकको ९ लाख ५२ हजा ६ सय ३ कित्ता शेयर स्वमित्व रहेको स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको उक्त सेयरलाइ २५ करोड ३५ लाख रुपैयाँ कायम गरिएको छ,”स्रोतले भन्यो,“सोही संस्थाको ७ लाख ५६ हजार ३५ कित्ता सेयर लगानी रहेको इन्भेष्टमेन्ट बैंकका लागि भने ४६ कोड ६१ लाख रुपैयाँ मूल्याङकन गरिएको छ ।”

त्यसैगरी लेखापरिक्षकले डिस्काउन्टिङ फ्याक्टर दर इन्भेष्टमेन्ट बैंकको हकमा ११.८७ प्रतिशतले डिस्काउन्ट गरी गणना गरिएको छ । तर, हिमालयन बैंकको सन्दर्भमा १३.३७ प्रतिशतका दरले डिस्काउन्ट गरी गणना गरेको स्रोतको भनाई छ । “हिमालयन बैंकलाई पनि ११.८७ प्रतिशतको डिस्काउन्टिङ फ्याक्टर प्रयोग गरेको भए हाल देखिएको मूल्याङकन भन्दा करिब १७ अर्ब रुपौयाँ बढीले खुद वर्तमान मूल्य कायम हुने देखिन्छ ,”स्रोतले भन्यो,“यो गणना विधि नेपाल राष्ट्र बैंकको मर्जर विनियमावली २०७३ को नियम ५ को उपनियमम क अनुसार नगरी फरक गरेको देखिन्छ ।”

हिमालयन बैंकमा लगानी गरेको कर्मचारी सञ्चय कोषले उक्त मर्जर प्रक्रियाका सम्बन्धमा विज्ञ मार्फत अध्ययन गराएको थियो । सो अध्ययनले बैंकमा रहेको कोषको लगानीमा प्रत्यक्ष असर पर्न सक्ने देखाएको थियो । सोही रायका आधारमा कोषले अध्ययनमा देखिएका कैफियतहरुको सम्बोधन गरेर मात्र मर्जर प्रक्रिया अघि बढाउने जानकारी हिमालयन बैंकलाई दिइसकेको छ । संगसंगै सो पत्र सहित अध्ययन प्रतिवेदन प्रतलिपि बेधार्थ अर्थमन्त्रालय र नेपाल राष्ट बैंकलाई समेत दिएको जानकारी प्राप्त भएको छ ।

 

मर्जर कमिटि मै स्वार्थ 

हिमालयन बैंकका सञ्चालकहरु सुनिल थापा, विजयबाहादुर श्रेष्ठ र असिस सर्मा रहेका छन् । यी व्यक्तिहरु हिमालयन बैंकको मर्जर कमिटिमा मात्र नभई संयुक्त मर्जर समितिमा पनि छन् । सुनिल बाहादुर थापा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वि बहादुर पाँडेका साढु भाई तथा हिमालन बैंकका प्रमूख कार्यकारी अधिकृतका भिनाजु हुन् । दुबै बैंकमा सुनिल बाहादुरको प्रत्यक्ष अप्रत्यक्ष लगानी रहेको छ । त्यसैगरी सर्वसाधारण समुहका सञ्चालक विजय बहादुर श्रेष्ठसंग पनि दुबै बैंकको सेयरमा लगानी रहेको छ ।

हिमालयन बैंकमा हालका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ समहुको करिब २२ प्रतिशत लगानी रहेको छ । त्यसैगरी कर्मचारी सञ्चयकोषको १४.८५ प्रतिशत हिस्सा रहेको छ । कम्पनी ऐन अनुसार मर्जर गर्न ७५ प्रतिशत शेयरधनीको स्वीकृती हुनु पर्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।