कालिका पावर कम्पनी लिमिटेड (KPCL) ले गत आर्थिक वर्षको नाफबाट २०७७।७८ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ९ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएको छ ।
कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ नगद सहित कुल १५.७८९५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले १५ प्रतिशतका दरले हुन आउने ९ करोड रुपैयाँको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ का दरले ४७ लाख ३७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश कम्पनीके अगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ । बोनस वितरणपछि कम्पनीके चुक्ता पूँजी ६९ करोड रुपैयाँ पुग्नेछ ।
सोही बैठकले लाभांश पारित गर्न वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीले पुस ३० गते कम्पनीको रजिष्टार्ड कार्यालय भक्तपुर १० चितवनमा बिहान ११ बजे साधारण सभा बाेलाएकाे छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७।७८ को वासलात, नाफा, नोक्सान हिसाव र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीले वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १९ गते सोमबारदेखि पुस २१ गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ बुकक्लोज अनुसार पुस १८ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा प्रतिनिधित्व गर्न र लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया