फरवार्ड माइक्रोफाइनान्सको सभा पुस ३० गतेः ४२% लाभांश अनुमोदन हुँदै

0
Shares

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) ले पुस ३० गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय सुनसरीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप गत आर्थिक वर्ष २०७७।७८ सम्मको मुनाफाबाट चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

यस्तै अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।

सभाले वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

लघुवित्तले लाभांश र सभा प्रयोजनका लागि पुस १६ गते शुक्रबारदेखि बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोजको आधारमा मंसिर १५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ पुस २०७८, आइतबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।