मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको पहिलो कारोबार प्रतिकित्ता १०० रुपैयाँमा भएको छ ।
पहिलाे काराेबारमा कम्पनीकाे १० कित्ता सेयर काराेबार भएकाे हाे । ब्राेकर नम्बर ४९ बाट बिक्री भइ ३७ बाट उक्त्त सेयर खरिद भएकाे हाे ।
नेप्सेले बिहीबार सेयर सूचीकरण गरेपछि आइतबार पहिलो कारोबार खुलेकोमा न्यूनतम कारोबार रेञ्जबाटै सेयर कारोबार खुला भएको हो ।
धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ९४.३९ रूपैयाँ देखि अधिकतम २८३.१७ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाएको थियो ।
नेप्सेका अनुसार मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर कारोबार एमबिजेसी (MBJC) कारोबार संकेतमा सुचारु भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया