
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBS) को सेयरधनीको हात खाली हुने भएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ बाट कुनैपनि लाभांश वितरण नगर्ने भएपछि कम्पनीका सेयरधनीको पनि यो वर्ष हात खाली हुने भएको हो ।
कम्पनीले लाभांश बिना नै पुस २९ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले गत साउनमा सर्वसाधारणमा आईपीओ जारी गरेर भदौ ७ गते बाँडफाँड गरेको थियो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १८ गते आइतबार एक दिन सेयर दाखि खारेजी गर्ने (बुकक्लोज) गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस१५ गते बिहीबारसम्म सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।
आईपीओ निष्कासनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुगेको छ । कम्पनीमा संस्थापकतर्फ ६४ प्रतिशत र सर्वसाधारणतर्फ ३६ प्रतिशत स्वामित्व छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया