बिपिडब्लु लघुवित्तले बोलायो तेस्रो एजिएम: आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने

0
Shares

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले पुस ३० गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले सभा सिद्धार्थ कटेज धोबीघाट ललितपुरमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले बिपिडब्लु र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्न गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८।७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ पुस २०७८, आइतबार  ११ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।