त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको १० औं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ ।
सञ्चालक समितिको बैठकले नेपाल विद्युत प्राधिकरणको सभाहल दरवारमार्गमा दिउँसो ३ बजे सभा बोलाएको हो ।
सभामा कुनैपनि विशेष प्रस्ताव राखिएको छैन । सभाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन पारित गर्ने र चालु आवका लागि लेखापरिक्षको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु अनुमोदन गर्नेछ ।
नेपाल सरकारले जनताको जलविद्युत आयोजना अन्तर्गत सर्वसाधारणमा कम्पनीको ३७ लाख ५ हजार कित्ता सेयर बिक्री गरेको थियो । अग्रिम रुपमा अंकित मूल्यको दश प्रतिशत रकम संकलन गरी सेयर जारी गरेको कम्पनीले बाँकी ९० प्रतिशत सेयर भने बिक्री गर्न बाँकी छ ।
नेपाल विद्युत प्राधिकरणको प्रवर्दनमा सञ्चालित कुल ३७ मेगावाट क्षमताको आयोजनाको लागत २२ करोड २३ लाख ६३ हजार रुपैयाँ छ ।










प्रतिक्रिया