सेयर बजार सूचकमा अस्वभाविक उतार चढाव, तरलता सहज भएको भ्रमले बढेको बजार टिकेन

0
Shares

सेयर बजार परिसूचकमा पछिल्ला दिनहरुमा देखिएको सुधारले सोमबार निरन्तरता पाउन सकेन । बैंकिङ्ग प्रणालीमा देखिएको तरलता भावको समस्या सहज भएको हल्लाले अस्वभाविक बढाएका भएपनि बैंक वित्तीय संस्थाहरुको अवस्थामा केही सुधार नआएपछि सोमबार बजार सूचक करिब ७० अंकले घटेको हो ।

गत साता पछिल्ला तीन दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आइतबार पनि ७१ अंक भन्दा धेरैले बढेको थियो । तर, सोमबार भने सूचक आइतबार बढ्दा जसरी नै उच्च अंकले घटेको हो ।

नेप्सेमा कारोबार भएका पछिल्ला चार दिनमा २३२ अंकले बढेको थियो । नेप्से सूचक बढेको भएपनि कारोबार रकममा उचित सुधार नआएपछि बजारको सुधार दिगो नहुनेमा लगानीकर्ता स्पष्ट थिए ।

कोरोना अवधिमा निरन्तर बढेको नेप्से सूचक करिब ३२ सय अंकसम्म पुगेको थियो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर धितो कर्जामा सिङ्गल अब्लिगर लिमिट तोकि एक व्यक्तिले एक संस्थाबाट ४ करोड र एकाघरको परिवारले सबै संस्थाबाट कुल १२ करोड रुपैयाँ भन्दा धेरै कर्जा लिन नपाउने व्यवस्था ग¥यो । तयसपछि निरन्तर घट्दो क्रममा रहेको नेप्से सूचक २२ सय ६१ अंक सम्म झरेको थियो ।

यो अवधिमा नेपाल राष्ट्र बैंकको नीति मात्र नभई वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्याले पनि सेयर बजारलाइ असर ग¥यो । त्यो सँगै वित्तीय प्रणालीको निक्षेपको ब्याजदर समेत बढेपछि धितोपत्र बजारप्रति लगानीकर्ताको आकर्षणमा कमी आउन थालेको थियो । पछिल्ला तीन दिन देखि धितोपत्र बजारमा अस्वभाविक वृद्धि देखियो । तयसको कारण थियो, नेपाल राष्ट्र बैंकले स्थानीय तहकको खातामा रहेको सरकारी निक्षेपलाई ८० प्रतिशतसम्म निक्षेप गणना गर्न पाउने व्यवस्था गर्यो । त्यससँंगै केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले थप पुनरकर्जा दिने बताएसँंगै शेयर बजारमा तरलता अभावको समस्या समाधान भएको हल्ला फैलिएको थियो । त्यसले पनि बजार सुधारमा योगदान गरेको स्पष्ट हुन्छ ।

वित्तीय प्रणालीको मुख्य समस्या उच्च आयातका कारण भन्दै सरकारले केही विलासी वस्तुहरुको आयातमा कडाइ गरेको थियो । सो कार्याका कारण पनि आयातको व्यापार गर्ने व्यापारीहरु सेयर बजारमा आएको विश्लेषण पनि नगरिएको होइन । यसले गर्दा पनि लगानीकर्ताले लगानी बढाएका थिए । तर, सुने जस्तो वास्तविकतामा नदेखिएपछि लगानीकर्ताको मनोबल कमजोर देखिएको हो ।

लगानीकर्ताको मनोबल कमजोर भएपछन सोमबार बढ्दा जसरी नै बजार सूचक घटेको हो । पछिल्लो चार दिनमा सेयर बजार परिसूचक नेप्से २३२ अंकले बढेकामा सोमबार मात्रै ६९.७७ अंकले घटेको छ । अधिकांश वाणिज्य बैंकहरुले घोषित लाभांशका लागि साधारण सभा आह्वान गरेको, कतिपयको सम्पन्न भइसकेको र कतिपयले बुकक्लोज समेत गरेकाले पनि लाभांशको सिजन सकिएकाले पनि लगानीकर्ताले बजार नकारात्मक हुनमा मद्दत गरेको हो । सोमबारम नेप्सेमा कारोबार सबै समुहगत परिसूचकहरु घटेका छन् ।

सोमबार नेप्से सूचक ६९.७७ अंकले घटेर २५२१.६५ बिन्दुमा झरेको छ । यसदिन बजारमा २३८ कम्पनीका ६७ हजार ७६० कारोबारबाट ५ अर्ब ६० करोड ७४ लाख रुपैयाँ बराबरको एक करोड २ लाख कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो । आइतबार नेप्सेमा २३१ कम्पनीको ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ बरावरको ८३ लाख १ हजार ९५६ कित्ता सेयर किनबेच भएको थियो ।

यसदिन नबिल बैंकको सर्वाधिक ३०.६१ करोडको सेयर खरीद बिक्री हुँदा शिवम् सिमेन्ट, नेपाल लाइफ, हिमालयन डिष्टिलरी र महालक्ष्मी विकास बैंकको पनि उच्च कारोबार भएको छ । यसदिन गोर्खाज फाइनान्स र मध्यभोटेकोशीको सेयरमूल्यमा बढेर सकारात्मक सर्किट लागेर जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ८ प्रतिशत बढीले गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १२ पुस २०७८, सोमबार  १६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।