सरकारले पुस १५ गते बिहीबार सार्वजनिक विदा दिएसँगै यसदिन सेयर बजारमा कारोबार पनि बन्द भएको छ ।
सरकारको विदा दिने निर्णयसँगै अब पुस १८ गते आइतबार मात्र सेयर बजार खुला हुनेछ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै नेपाल सरकारले पुस १५ गते बिहीबार तमु ल्होसारका अवसरमा सार्वजनिक बिदा दिएको छ । तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा बुधबार प्रकाशित सूचनामा जनाइएको छ ।
बुधबार नेप्से परिसूचक ५.५१ अंकले बढेर २५२४.५० बिन्दुमा पुगेको छ । नेप्से यस्तै सेन्सेटिभ परिसूचक ०.२६ अंकले बढेर ४७१.२४ बिन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार सूचक मापक यसदिन कूल २२८ वटा कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेपालमा सार्वजनिक विदा बाहेक सातामा आइतबारदेखि बिहीबारसम्म ५ दिन सेयर कारोबार हुने गरेको छ । शुक्रबार भने सेयर कारोबार हुँदैन ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया