छायाँदेवी कम्प्लेक्सले आईपीओ जारी गर्ने, प्रभु क्यापिटल बिक्री प्रवन्धक

0
Shares

छायाँदेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता ७८ चैत्र ६ गते आइतबार सम्पन्न भयो । सम्झौतामा छायाँदेवी कम्प्लेक्स लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।

कम्पनीले हाल काठमाण्डौको प्रमुख व्यापारिक स्थान ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । छायाँ देवी कम्पलेक्स लिमिटेडको कूल निर्माण क्षेत्र करीब ३ लाख ५० हजार वर्गफिट भन्दा बढी रहेको छ ।

जस अन्तरगत २०० वटा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्युएफएक्स तथा अन्तर्राष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल “दि एलोफ्ट” सञ्चालन भइरहेको छ । विदेशी पर्यटकहरुको लागि अति नै लोकप्रिय रहेको ठमेलको मध्यभागमा अवस्थित रहेको छायाँ देवी कम्पलेक्स लिमिटेड नेपालकै ठूलो मध्येको एक मेगा कम्प्लेक्सको रुपमा रहेको छ ।

कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।