नेपाल फाइनान्सको २५ औं एजिएम सम्पन्न, पाँच सञ्चालक निर्विरोध निर्वाचित

0
Shares

नेपाल फाइनान्स लिमिटेड (NFS)  को शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाले पाँच जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ ।

होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको अध्यक्षतामा बैशाख ३ गते सम्पन्न भएको सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट चार र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट एक जना सञ्चालक निर्विरोध निर्वाचित गरेको हो ।

जसमा संस्थापक सेयरधनीहरुको तर्फबाट हिरेन्द्रमान प्रधान, राजन प्रजापति, विकेश शाक्य र दिप्रश शाक्य तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट लक्ष्मी महर्जन रहेकी छिन् ।

सभाले नेपाल फाइनान्स कम्पनी र अन्य कुनै उपयुक्त बैक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।

यसैगरी गत आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगरेको फाइनान्सले चुक्ता पूँजीके ७० प्रतिशत हकप्रद सेयर जारी गरेर पूँजी वृद्धि गर्दैछ । हकप्रद जारी गर्न कम्पनीले नियामक निकाय नेपाल धिोपत्र बोर्डबाट चैत ८ गते अनुमति पाइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार  १२ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।