उपकार लघुवित्तको आईपीओ बाँडफाँड, २३ लाख २६ हजारले सेयर पाएनन्

0
Shares

उपकार लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) शुक्रबार बाँडफाँड भएको छ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा भएको आईपीओ बाँडफाँडमा २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली भएको छ । जुन कुल आवेदकको ९८.९५ प्रतिशत हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएको आईपीओ बाँडफाँडमा गोलाप्रथाबाट भाग्यमानी २२ हजार ११५ जनाले सेयर प्राप्त गरेका छन् । जसअनुसार २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ता सेयर हात पारेका छन् ।

एसबिआई मर्चेन्ट बैंकिङका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएको आईपीओ बाँडफाँडमा २२ हजार ११५ जनालाई १० कित्ताका दरले २ लाख २१ हजार १५० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरी बाँकी रहेको ६ कित्ता सेयर गोलाप्रथाबाट सेयर पाउने २२ हजार ११५ जनामध्ये पुनः गोलाप्रथा गरी ६ जनालाई थप १।१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।

उच्च आवेदनका कारण उपकार लघुत्तको आईपीओ १०० जनामध्ये १ जनाले मात्र सेयर पाएका छन् भने ९९ जनाको हात खाली भएको हो ।क्यापिटलको अनुसार लघुवित्तको आईपीओमा देखिएको उच्च आकर्षणका कारण अन्तिम दिन बुधबारसम्ममा २३ लाख ५१ हजार ४६२ आवेदन परेको थियो । सो संख्याबाट कुल २ करोड ६२ लाख ५७ हजार ६५० कित्ताका लागि आवेदन परेको थियो । जुन लघुवित्तले सर्वासाधारणबाट माग गरेको २ लाख २१ हजार १५६ कित्ताको ११८.७२ गुणा बढी हो ।

कुल आवेदकमध्ये दोहोरो आवेदका कारण २ हजार ४०६ वटा आवेदनबाट परेको २६ हजार ७२० वटा आपेदन रद्द भएको छ । २३ लाख ४९ हजार ५६ वटा आवेदनबाट परेको २ करोड २६ लाख ३० हजार ९३० कित्ताका आवेदाई बाँडफाँडमा सहभागि गराइएको थियो ।

उपकार लघुवित्त कम्पनीले चैत २५ गतेबाट ३० गतेसम्म जारी पूँजीको ३६ प्रतिशत बराबरको २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबारको २ लाख ६६ हजार २५० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये २ लाख २१ ह्जार १५६ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । कम्पनीले निष्काशन गरेको साधारण सेयरमा जारी पूँजीको ०.५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता सेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी २ लाख २१ हजार १५६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले गत चैत २५ गते देखि ३० सम्म आवेदन दिएका थिए ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्तको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ । इक्रा नेपालले २०७८ असार ९ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ असार ७ गतेसम्म बाहल रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार  १० : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।