एमआइटी ग्रुप फाउन्डेसनका अध्यक्ष शेष घलेले हाइड्रोजन उर्जा उत्पादनमा नेपालले नै विश्वव्यापी नेतृत्व गर्न जरुरी रहेको बताएका छन् ।
नेपालमा पहिलो पटक भएको नेपाल ग्रिन हाइड्रोजन समिटको उद्घाटन कार्यज्ञक्रममा बोल्दै घलेले नेपालको हाइड्रोजन यात्राका लागि सहकार्य र लगानी गर्न सबै क्षेत्र तयार हुनुपर्नेमा जोड दिए ।
घलले नेपाल अब जलविद्युतबाट हाइड्रोजनतर्फको यात्राका लागि तयार हुनुपर्ने बताउँदै राज्यले पनि नीतिगत सहजता प्रदान गर्नुपर्ने बताए ।
नेपाल र साउदी अरवले ग्रिन हाइड्रोजन उत्पादन गरेर विश्व बजारमा बेन्चमार्क मूल्यमा बिक्री गर्न सकिने विश्वव्यापी एक अध्ययनले देखाएको भन्दै उनले अब यो उर्जामा नेपालले विश्वव्यापी नेतृत्व लिनुपर्ने बताए
‘हाम्रो दौड सुरु भएको छ र हामी पहिलो भएको कपीराइट पाएका छौं । नेपालमा ग्रिन हाइड्रोजन उत्पादनका लागि यो सम्मेलन कोशेढुंगा हो ।’ घलेले थपे ‘वातावरण प्रदुषण रोक्न,विश्व उर्जा संकटमा नेपालको उपस्थिति देखाउन ग्रिनि हाइड्रोजन उत्पादनमा नेपालबाटै यो सुरुवात गर्न र नेपालले नै विश्वव्यापी नेतृत्व गर्न जरुरी छ ।’ यो अभियानले उर्जा मात्रै नभइ नेपालमा रासायनिक युरिया मलको अभावफाइ पनि चिर्ने घलेले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया