नेप्सेमा एकैदिन ६ कम्पनीको सेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १९ गते सोमबार एकैदिन ६ कम्पनीको सेयरमूल्य समायोजन भएको छ । पुस समान्तमा साधारण सभा सकाउनुपर्ने चटारोले पछिल्लो दिनहरुमा एकैदिन बुकक्लोज हुने कम्पनीको संख्यामा वृद्धि हुँदै आइरहेको हो । 

नेप्सेका अनुसार हिमालयन बैंक, सेञ्चुरी कमर्सियल बैंक, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त, कालिका पावर र प्रोग्रेशिभ फाइनान्सको सेयरमूल्य समायोजन भएको हो ।

पुस १९ गते सोमबार ६ वटै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यलाई आधार मानेर बोनस सेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यसअनुसार पुस १८ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश पाउनुको साथै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

नेप्सेका अनुसार हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता सेयरमूल्य ३९८.७५ रुपैयाँ, सेञ्चुरी बैंकको ५.७५ प्रतिशत बोनस समायोजनपछि २२६ रुपैयाँ, मिथिला लघुवित्तको २५ प्रतिशत बोनस समायोजनपछि १५६७.२० रुपैयाँ, मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस समायोजनपछि १२९५.८३ रुपैयाँ, कालिका पावरको १५ प्रतिशत बोनस समायोजनपछि ४५०.४३ रुपैयाँ र प्रोग्रेशिभ फाइनान्सको ७.०१ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता सेयरमूल्य ३३१.६८ रुपैयाँ निर्धारण गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । आज सेयरमूल्य समायोजन भएका ६ वटै कम्पनीको सोमबार दोस्रो बजारमा यहीसमायोजित सेयरमूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।

अघिल्लो दिन आइतबार हिमालयन बैंकको सेयर प्रतिकित्ता ४८४ रुपैयाँ, सेञ्चुरी बैंकको २३९ रुपैयाँ, मिथिला लघुवित्तको १९५९ रुपैयाँ, मिर्मिरे लघुवित्तको १५५५ रुपैयाँ, कालिका पावरको ५१८ रुपैयाँ र प्रोग्रेशिभ फाइनान्सको ३५४.९० रुपैयाँमा अन्तिम पटक कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ पुस २०७८, सोमबार  ०९ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।