
भगवती हाइड्रोपावर कम्पनीले १४ करोड ३० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्त गरेसँगै आईपीओ निष्कासन गर्र्ने प्रक्रिया शुरु भएको हो ।
कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका कुल १४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । जसमध्ये कम्पनीले ५ लाख ७२ हजार ६४ हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि र बाँकी रहेको ८ लाख ५८ हजार ९८ कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन हुनेछ ।
कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृती पाई नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले कास्की जिल्लाको विजयपुर खोलामा ४.५ मोगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया