सिडिएस एण्ड क्लियरिङ्गको ४० प्रतिशत लाभांश पारित

0
Shares

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सोमबार सम्पन्न ११ औं साधारण सभाले ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीका अध्यक्ष निरञ्जल फुयालको अध्यक्षतामा सम्पन्न साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । सभाले आव २०७७।७८ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावसमेत पारित गरेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा नेपाल स्टक एक्सचेन्जको शतप्रतिशत लगानी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ पुस २०७८, सोमबार  १८ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।