यी चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

0
Shares

पुस २० गते मंगलबार दुई लघुवित्त र दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गथर्ने अन्तिम दिन रहेको छ ।

यसदिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

सबै कम्पनीहरुले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते बुधबारदेखि ३० गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार आजसम्म सेयरधनी कायम भएकाले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सोमबार जनउत्थानको प्रतिकित्ता २७७३ रुपैयाँ, कालिकाको १२४८ रुपैयाँ, पोखरा फाइनान्सको ४४६ रुपैयाँ र मल्टीपर्पस फाइनान्सको प्रतिसेयर ४३३.९० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

जनउत्थानले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १.३१५७ प्रतिशत नगद लाभांश पारित गर्न पुस ३० गते होटल न्यू ईरा बुटवल उप महानगरपालिका ९ कालिकापथमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

कालिका लघुवित्तले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते होटल टास्क इन्टरनेशनल प्रालिको सभाहल, पोखरा महानगरपालिका १० बुद्धचोक कास्कीमा बिहान ९ बजे साधारण सभा डाकेको छ ।

त्यसैगरी पोखरा फाइनान्सले सेयरधनीलाई ८ ०७ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते दरबारथोक व्याक्वेंट बास्तोलाथर, पोखरा ९ कास्कीमा बिहान ९ बजे साधारण सभा आह्वान गरेको छ ।

मल्टीपर्पस फाइनान्सले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० पुस २०७८, मंगलबार  ०९ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।