
सुनको मूल्य बुधबार नेपाली बजारमा तोलामा ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामा ६०० रुपैयाँले बढेर छापावाला सुन ९२ हजार ८०० रुपैयाँ र तेजावी सुनको ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।
मंगलबार सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी सुन ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८१५ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.९८ डलर आसपासमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया