साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सूचक नेप्से ४३.२९ अंकले बढेर २६९२.४७ बिन्दुमा पुगेको छ ।कारोबारमा आउका ब्यापार र उत्पादन उपसमुहगत सूचक सामान्य घट्दा बाँकी सबै सूचकमा हरियाली छाएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक १.६३ प्रतिशतले बढ्दा सेन्सेटिभ इन्डेक्स ९.१६ अंकले बढेर ५०६.१६ बिन्दुमा पुगेको छ । बैंकिङ्ग प्रणालीमा तरलताको सहज हुँदै बैंकहरुको सीडि रेसियो ९० प्रतिशतभन्दा तल झरेपछि सेयर बजारमा रौनक फर्किएको हो । गत साता २५२४.५० बिन्दुमा बन्द भएको नेप्से यो हस्ता कुल १६६.९७ अंकले बढेको हो ।
यसदिन कूल २३८ वटा कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रूपैयाँ पुगेको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल सर्वाधिक ३.४८ प्रतिशतले बढ्दा जलविद्युत २.४८ र निर्जीवन बीमा २.०५ प्रतिशतले बढेको छ । बैंकिङ्ग, लगानी, विकास बैंक, वित्त, अन्य, लघुवित्तको सूचक १ बढीले प्रतिशतले बढेको छ ।

बिहीबार अपि पावर कम्पनी लिमिटेड कारोबारमा अब्बल साबित भएको छ । कम्पनीको १६ करोड ३७ लाख ६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी एनआईसी एशिया बैंक १४.५२ र नेशनल माईक्रोफाइनान्सको १० करोड बढीको सेयर कारोबारमा आएको छ ।
गरिमा विकास बैंक, हिमालयन डिष्टिलरी, अरुण भ्याली हाइड्रोपावर, नागरिक लगानी कोष, शिवम् सिमेन्टस्, नेपाल बैंक र नबिल बैंकको शीर्ष ठूलो कारोेबार भएको छ । दशौं ठूलो काराबार भएको नबिल बैंकको ७.५४ करोडको सेयर खरीद बिक्री भयो ।
आज तेह्रथुम पावर कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड र मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेड गरी ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै राष्ट्रिय बीमा कम्पनी संस्थापक, राष्ट्रिय बीमा कम्पनी र मैलुङ्गखोला जलविद्युतको सेयर ६ प्रतिशत धेरै तथा स्वरोजगार लघुवित्त, सेञ्चुरी कमर्सियल बैंक, एनआईसी एशिया बैंक र माउन्टेन इनर्जीको सेयरमूल्य ५ प्रतिशत बढीले बढोत्तरी भएको छ ।
उता नेपाल बङ्गलादेश बैंकको डिबेञ्चर २०८५ को मूल्य सबैभन्दा धेरै ३.५३ प्रतिशतले घटेको छ । विशाल बजार कम्पनी र एभरेष्ट इन्स्योरेन्स संस्थापकको मूल्य २ प्रतिशतले ओरालो लागेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया