रसुवागढी हाइड्रोपावरको साधारण सभा हुने स्थान परिवर्तन

0
Shares

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सभा हुने स्थान परिवर्तन भएको छ ।

कम्पनीले यसअघि कम्पनीको सभाहल महाराजगञ्जमा नवौं वार्षिक साधारण सभा हुने सूचना जारी गरेकोमा अब भने स्मार्ट क्याफे धुम्वाराही काठमाडौंको हलमा हुने जनाएको छ ।

कुनै पनि लाभांशको प्रस्ताव नगरेको कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।

सभाले कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन तथा थप ऋण लिन स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि नवौं वार्षिक सभाबाट पारित हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ पुस २०७८, शनिबार  १८ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।