प्रि-ओपनिङ्गमा हरियाली: नेप्से २७०० बिन्दुमा पुग्दा २० लाखको कारोबार

0
Shares

साताको पहिलो कारोबार दिन आइतबारको प्रि-ओपनिङमा सेयर बजारमा हरियाली छाएको छ ।

यस अवधिमा नेप्से सूचक ७.४० अंकले बढेर २६९९.८८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका ९ मध्ये ६ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।

प्रि-ओपनमा ९ कम्पनीको ३ हजार ८२५ कित्ता सेयर ६७ वटा कारोबारबाट १९ लाख ७१ हजार ४६६ रुपैयामा खरीद बिक्री भएको छ ।

समृद्धि फाइनान्स, एनआईसी एशिया बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, नेपाल बंगलादेश बैंक, एनसीसी बैंकको सेयरमूल्य करिब २ प्रतिशतका दरले बढेको हो । सानिमा बैंकको सेयरमूल्य घटेको बजारमा निफ्रा र प्रभु लाइफ इन्स्योरेन्सको मूल्य स्थीर रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ पुस २०७८, आइतबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।