साताको पहिलो कारोबार दिन आइतबार ३० मिनेट अवधिमा नै एक अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएपछि सेयर बजारमा रौनक फर्किएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत पुस २२ गते बिहीबार नै बैंकहरुको औषत सिडी रेसियो ८९.३९ प्रतिशतमा झरेको छ । ९१ प्रतिशतभन्दा माथि पुगेको सो रेसियो बैंकहरुमा निक्षेप थपिएसँगै घट्दै गएको हो ।
राष्ट्र बैंकको ४-१२ नीतिको असर पनि कम हुँदै गएकाले पनि बजारमा पुस मसान्तको नजिकमा पनि उच्च अंकको हरियाली छाएको हो । धेरैजसो ऋणीहरुले सेयर कर्जा उक्त सीमाभित्र ल्याइसकेका छन् ।
यस अवधिमा नेप्से ५८.८२ अंकले बढेर २७५१.२८ बिन्दुमा पुगेको छ । ३० मिनेट अवधिमा २०७ कम्पनीका २० लाख ६६ हजार कित्ता सेयर १ अर्ब ३ करोड ६३ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् । सबै उपसमुहगत सूचक बढेसँगै बजारमा रौनक फर्किएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया