सिवाईसी नेपाल लघुवित्तको नाफा ६० प्रतिशत बढ्यो, ४ करोडको आईपीओ पाइपलाइनमा

0
Shares

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ६० प्रतिशतले नाफा वृद्धि गर्दै ५ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमासससम्म ३ करोड ६३ लाख ३६ हजार नाफा कमाएको थियो ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनीको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार रहेको छ । लघुवित्तको जगेडामा १५ करोड २८ लाख २९ हजार सञ्चित छ ।

कम्पनीले सर्वसाधारणमा ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । जसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ११ करोड ४१ लाख निक्षेप संकलन तथा १ अर्ब १ करोड ९२ लाख सापटीबाट २ अर्ब ७७ करोड ४० लाख कर्जा लगानी गरेको छ ।

पुससम्म कम्पनीको खुद ब्याज आम्दानीमा भएको वृद्धि र ६ करोड ४२ लाख खराब कर्जा उठाएपछि लघुवित्तको नाफा बढेको हो ।

कम्पनीको सञ्चालन नाफा भने २३ प्रतिशत घटेर ६ करोड ४२ लाखमा संकुचित बनेको छ । गत आवको यसै अवधिमा ३ करोड ६६ लाख २४ हजार रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७८, मंगलबार  १३ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।