इन्भेष्टमेन्ट बैंकको गज्जब ६ मुद्दती खाता, २० वर्षमा ६ गुणा पाइने

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB) ले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा “ एनआईबिएल गज्जब ६ मुद्दती खाता” सञ्चालनमा ल्याएको छ ।

भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी हुने बैंकले जनाएको छ ।

बैंकले न्यूनतम १० हजारमा खोल्न सकिने मुद्दति खाताको निक्षेप रकम २० वर्षमा ६ गुणा हुने तथा यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने जनाएको छ । खाताधारकले योजनामा निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न र सावाँ तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा लिन समेत सक्ने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ माघ २०७८, आइतबार  १७ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।