आईपीओमा नयाँ रेकर्डः जाल्पाको आईपीओमा साढे २६ लाख बढीको आवेदन, २६ लाख नपाउने

0
Shares

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा हालसम्मकै धेरै आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन मंगलबार साँझ पाँच बजेसम्ममा सर्वसाधारणबाट २६ लाख ५९ हजार ५४० वटा आवेदन परेको हो । यो संख्या आईपीओमा परेको हालसम्मकै उच्च संख्या हो ।

कम्पनीले सर्वसाधारणबाट ४ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर खरीदका लागि आह्वान गरिएकोमा मंगलबारसम्म ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ को माग परेको छ । जुन सर्वसाधारणबाट माग भएको रकमको ६६.६५ गुणा बढी हो ।

मंगलबारसम्म परेको माग परेको ३ करोड २५ लाख २० हजार ५८० कित्ता सेयर माग (४ लाख ८७ हजार ९०० कित्ता) को तुलनामा ३ करोड २० लाख ३२ हजार ६८० कित्ता अधिक हो । प्रतिशतका आधारमा मागभन्दा ९८.४९ प्रतिशत धेरै सेयर खरीदको आवेदन परेको छ । आईपीऋो लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।

लघुवित्तले शुक्रबारदेखि कुल ५ लाख २२ हजार कित्ता सेयर निष्काशन निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई तथा सर्वसाधारणमा जारी हुने सेयरको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरीदका लागि लगानीकर्तााट आवेदन मागिएकाे थियाे ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।

कुल आवेदकमध्ये २६ लाख बढीको हात खाली हुने

अन्तिम दिन मंगलबारसम्मको तथ्याङ्क अनुसार नै कुल आवेदकमध्ये २६ लाख बढीको हात खाली हुने देखिएको छ ।

सिडिएससीको तयाङ्क अनुसार आईपीओमा २६ लाख ५९ हजार ५४० जनाले आवेदन गरेका छन् । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार जाल्पा लघुवित्तको आईपीओ ४८ हजार ७९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन् ।

यो आधारमा हेर्दा प्रारम्भिक तथ्याङ्कको आधारमा नै २६ लाख १० हजार ७५० जनाले सेयर नपाउने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७८, मंगलबार  १७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।