युरोपियन अर्थतन्त्रमा महङ्गी बढेसँगै ‘लिङ्कर बोन्ड’को माग बढ्यो


युरोपेली मुलुकका केन्द्रीय बैंकहरुले मुद्रास्फीति नियन्त्रणका लागि औसत ब्याजदर बढाएसंगै लगानीकर्ताहरु ‘लिङ्कर बोन्ड’ तर्फ आकर्षित भएका छन् । मुद्रास्फितीले जोखिम कम भएका बोन्ड तथा डिबेन्चरको क्रय शक्ति घटाउन र समयसँगै तिनीहरूको वास्तविक प्रतिफल घटाउन सक्ने हुँदा लगानीकर्ताहरुले थप सुरक्षित बाटोहरु अपनाउन लागेका हुन् ।

वर्तमान अवस्थामा युरोपेली पुँजी बजारमा मुद्रास्फिती आर्थिक वृद्धि दरको ठूलो बाधक बनेको छ । मुद्रास्फिती नियन्त्रण गर्न युरोपेली राष्ट्रका केन्द्रिय बैंकहरुले औसत ब्याज दर वृद्धि गरिरहेका छन् । केन्द्रिय बैंकहरुले औसत ब्याज दरमा कडाइ गर्न खोज्दा त्यसको असर शेयर बजारमा पनि देखा गरेको छ । फलस्वरुप मानिसहरु अरु क्षेत्रमा लगानी नगरी सबैभन्दा सुरक्षीत मानिएको बन्डमा आकर्षित भएका छन् ।
७ प्रतिशत पुगेको मुद्रास्फिती कम गर्न अमेरिकी केन्द्रिय बैंक फेडरल रिर्जभ (फेड)ले मार्च महिनामा औसत ब्याजदर वृद्धि गर्ने घोषणा गरेको छ । जसको प्रत्यक्ष एंव अप्रत्यक्ष असर विश्व शेयर बजार र सुनिश्चीत आम्दानीका लागि गरिएका लगानीहरुमा पनि देखिएको छ ।

मुद्रास्फितिले सुनिश्चित आम्दानीका लागि गरिएका लगानीहरूमा प्रभाव पार्न सक्ने हुँदा लगानीकर्ताहरुले जोखिम कम भएका क्षेत्रमा लगानी गरिरहेका छन् । मुद्रास्फितीले जोखिम कम भएका बोन्ड तथा डिबेन्चरको क्रय शक्ति घटाउन र समयसँगै तिनीहरूको वास्तविक प्रतिफल घटाउन सक्ने हुँदा लगानीकर्ताहरुले थप सुरक्षित बाटोहरु अपनाउन लागेका छन् । जस कारण लोपउन्मुख बनेको मुद्रास्फीति–सूचाङ्कीत बोन्डहरू अहिले लगानीकर्ताहरुको रोजाइमा परेका छन् ।

मुद्रास्फीति–सूचाङ्कीत बोन्डहरूले मुद्रास्फीतिबाट हुने जोखिम विरुद्ध रोकथाम गर्न मद्दत गर्छ । त्यसका साथै मुद्रास्फीति अवधिमा पनि मुद्रास्फीति–सूचाङ्कीत बन्डहरूको मूल्यमा वृद्धि हुने हुँदा लगानीकर्ताहरु यस तर्फ आकर्षित हुँदै गएका छन् ।

मुद्रास्फीति–सूचाङ्कीत बोन्ड विश्व मै पहिलो पटक म्यासाचुसट्स बे कम्पनीले सन् १७८० मा जारी गरेको थियो । अहिलेको अवस्थामा मुद्रास्फीति–सूचाङ्कीत बोन्डको बजार विकास भएर ४.४ ट्रिलियनको हुन पुगेको छ । कोरोना भाइरसको संक्रमण फैलिए पछि विश्व अर्थतन्त्रमा ठूलो धक्का लागेको थियो । देशहरुले स्वास्थ्य क्षेत्रमा मात्रै लगानी गर्दा र आधारभूत सामग्रीहरुको आपूर्ति र मागबीच अवरोध सिर्जना हुँदा मुद्रास्फितीको समस्या बढेको छ । यसै कारणले पनि पोस्ट–प्यान्डमीक अवस्थामा पनि लगानीकर्ताहरु मुद्रास्फीति–सूचाङ्कीत बोन्ड तर्फ अग्रसर भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।