नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंगलबार एक वाणिज्य बैंक र तीन लघुवित्त गरी चार कम्पनीको २ करोड ३४ लाख ३७ हजार १४८ दशमलव ८५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
स्टकका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १२.६११ प्रतिशत, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७.५० प्रतिशत बोनस र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
इन्भेष्टमेन्ट बैंकको २ करोड ५ लाख २ हजार ११८ दशमलव २३ कित्ता, मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता, महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्तको ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता सेयर सूचीकृत भएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया